१२ आश्विन २०८१, शनिबार

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउनुपर्छ : सन्तोष परियार

प्रकाशित मिति :  26 June, 2023 12:24 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले सरकारले उक्त निर्णय नसच्याए सडक र सदनबाट आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।

जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको षडयन्त्र भएकाले रास्वपा घोर भर्त्सना गर्ने परियारले बताए ।उनले भने, “यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो। यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत राख्नु यो राजनीतिक कुचेष्टा हो।”

उनले बजेटमार्फत सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेर प्रस्ताव गरिएको भन्दै यसले जनताको मताधिकारमा असर गर्नेमात्र नभई स्वतन्त्र रुपमा जन्मिएका नयाँ पार्टीहरुलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्रपूर्वक खेल भएको बताए ।



प्रतिक्रिया दिनुहोस !