१२ आश्विन २०८१, शनिबार

चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सांसदको माग

प्रकाशित मिति :  26 June, 2023 12:39 pm


काठमाडौँ । प्रतिनिधि सभा सदस्य दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन् । साेमबार प्रतिनिधि सभाकाे बैठकमा शून्य समयमा बाेल्दै गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।

उनले हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको टिप्पणी गरे ।

उनले आफ्नो गृहजिल्ला दाङमा केहीदिन अघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समिर केसीको मृत्यु भएको भन्दै उनीहरूको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे ।



प्रतिक्रिया दिनुहोस !