१२ आश्विन २०८१, शनिबार

सत प्रतिशत हकप्रद सेयर जारी गर्दै दिव्यश्वरी हाइड्रोपावर

प्रकाशित मिति :  26 June, 2023 12:46 pm


काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार असार १० गते बसेको बैठकले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगमा सहमतिका लागि प्रक्रिया अगाडि बढाउनेछ। आयोगबाट सहमति पाएपछि स्वीकृतिका लागि आगामी साधारणसभामा हकप्रदको प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !