१२ आश्विन २०८१, शनिबार

वालिङ नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड रुपैयाँको बजेट

प्रकाशित मिति :  26 June, 2023 2:19 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब बढीको बजेट विनियोजन गरेको छ ।

नगरपालिको १४ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह्रेले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ८ करोड ८९ लाख ८३ हजार विनियोजन गरेको सार्वजनिक गरेकी हुन् ।

उपप्रमुखले तिवारीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६.१३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लाख ५१ हजार अर्थात ४३.८७ प्रतिशत रहेको छ ।

विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पूर्वाधार विकासमा ९ करोड ७७ लाख ८००, सुशासन र अन्तर्सम्बन्धतर्फ ३ करोड ५५ हजार ९०० रहेको छ । अनुमानित बजेटको स्रोत व्यवस्थापनको लागि आर्थिक विकासको लागि आन्तरिक स्रोत वृद्धिलाई मुख्य रूपमा लिइएको छ । आन्तरिक आयस्रोत वृद्धि गरी ३१ करोड पु¥याइने लक्ष्य लिइएको छ ।

संघीय वित्तीय समानीकरणबाट १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँड १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख प्रक्षेपण गरिएको छ । संघिय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानीकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार ससर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ ।

विनियोजित बजेटबाट नगरपालिकाका १४ वटा वडाहरूमा ६ करोड ५० लाख छुट्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !