१२ आश्विन २०८१, शनिबार

अध्यक्ष तिमिल्सिनासंग दक्षिण कोरियाली राजदूतको भेट

प्रकाशित मिति :  26 June, 2023 2:13 pm


काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदुत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो ।

भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्राउने, पर्यटक भित्राउने कुरामा जोड दिएको अध्यक्ष तिमिल्सिना जानकारी दिए ।

उनले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको बताए ।

उनले भने,“नेपालका लागि नवनियुक्त कोरियाली राजदुतसँग शिष्टाचार भेट भयो । दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा हामीले छलफल गर्‍यौँ । यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाईमा पुर्‍याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ ।”

राजदूतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !