१२ आश्विन २०८१, शनिबार

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोडको बजेट

प्रकाशित मिति :  26 June, 2023 2:34 pm


पोखरा। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्व १५ करोडको बजेट ल्याएको छ ।

१३ औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षभन्दा झन्डै २ अर्ब घटाएर बजेट ल्याएको हो । चालु आवमा महानगरले ९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरले पर्यटकीय पूर्वाधारको विकास, उत्पादनशील र व्यावसायिक कृषि प्रणालीको विकास, समतामूलक र सन्तुलित पूर्वाधार निर्माण गर्ने र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन र प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !