१२ आश्विन २०८१, शनिबार

सरकार ढले आउने निर्वाचनमा ठुला राजनीतिक दलको अस्तित्व थप संकटमा पर्ने मन्त्री किराँतीको चेतावनी

प्रकाशित मिति :  26 June, 2023 5:40 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको टिप्पणी गरेका छन् ।

संसद भवनबाहिर सञ्चारकर्मीहसँग कुरा गर्दै मन्त्री किराँतीले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्ति भन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे ।

उनले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी समेत गरे । उनले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गरे ।

उनले भने,“प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र मेरो आमाले दिएको जुन अर्ति हो त्यो भन्दा बाहिर जाँदिन । ३६ हजार १ सय प्रतिनिधिले काठमाडौं सफा गर्ने हो भने ३ घण्टामा सकिन्छ, गरेर देखाउँ न । यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ ।”

सरकार ढले आउने निर्वाचनमा ठुला राजनीतिक दलको अस्तित्व थप संकटमा पर्ने चेतावनी दिए ।

उनले भने,“ यो सरकार यस कारणले ढल्दैन की, ठुला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन संकटमा पर्छ । सहमतिअनुसार फुलफेजमा यो सरकार चल्छ । अहिले चौतर्फी संकट छ, संकटको सुधार पनि भइरहेको छ । समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ ।”

मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !