१२ आश्विन २०८१, शनिबार

प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

प्रकाशित मिति :  27 June, 2023 7:52 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।

जसअनुसार आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !