१२ आश्विन २०८१, शनिबार

झापामा ट्रक र कार आपसमा ठोक्किँदा कारमा सवार २ जनाको मृत्यु

प्रकाशित मिति :  27 June, 2023 9:39 am


काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झापा स्थित पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र उनका १७ वर्षीया छोरी कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !