१२ आश्विन २०८१, शनिबार

शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

प्रकाशित मिति :  27 June, 2023 10:39 am


काठमाडौं । भक्तपुरको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले भारतबाट पक्राउ गरेको हो । शर्मालाई भारतीय प्रहरीको सहयोगमा मुम्बईबाट पक्राउ गरेर सोमबार काठमाडौं ल्याएको सीआईबीले जानकारी दिएको छ ।

उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो।

शर्मालाई शिव शिखर बहुउद्देश्यीय सहकारीका बचत कर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । संस्था संकटमा परेपछि शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका सहरमा लुकिछिपी बस्दै आएका थिए ।

बचतकर्ताहरले रकम फिर्ताको लागि संस्थामा निरन्तर धाइरहे पनि नपाएपछि सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !