१२ आश्विन २०८१, शनिबार

प्रतितोला २०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

प्रकाशित मिति :  27 June, 2023 11:08 am


काठमाडौँ । आज मंगलबार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज मंगल बार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोलाको एक लाख १० हजार ६०० रुपैयाँमा काराेबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य तोलाको एक लाख १० हजार पँचास रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार तोलाको १० रुपैयाँ बढेर प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !