१२ आश्विन २०८१, शनिबार

जिल्ला निर्वाचन कार्यालयहरू खारेज हुँदैनन् : अर्थमन्त्री महत

प्रकाशित मिति :  27 June, 2023 1:17 pm


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरू खारेज नहुने बताएका छन् ।

प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरू खारेज नहुने स्पष्ट पारेका हुन् । उनले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ त्यसरी नै रहने बताए ।

निर्वाचन कार्यालयहरूलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक कामहरू गर्न सरकार तयार रहेको अर्थमन्त्रीले स्पष्ट पारे । उनले सरकार निर्वाचन आयोगको स्वतन्त्रताप्रति कुनै किसिमको सम्झौता नगर्ने बताए ।

उनले भने,“जिल्ला निर्वाचन कार्यालयहरु अहिले जसरी रहेको छ । त्यसरी नै रहनेछन् । अझ त्योभन्दा कसरी त्यसलाई इम्पावर गर्ने, अझ थप सुझाव निर्वाचन आयोगको छ भने अझ त्यसलाई सबल बनाउन, अझ त्यहाँ के प्रबन्ध गर्नुपर्छ । यसको स्वतन्त्र अस्तित्व, काम कारबाहीमा अझ कुनैपनि व्यवधान, अप्ठ्यारा छन् भने त्यसलाई पनि सघाउ पुग्नेगरी के सरकारले गर्नुप¥यो त्यो गर्न सरकार तयार छ । त्यसकारण यो कुनै खारेजी हुँदैन ।”

अर्थमन्त्री महतले निर्वाचन आयोगको आफ्नो स्वतन्त्र अस्तित्व रहने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !