१२ आश्विन २०८१, शनिबार

‘क्षेत्राधिकार बाहिरका निर्णयले संसदीय समितिका निर्देशन कार्यान्वयन हुँदैनन्’

प्रकाशित मिति :  27 June, 2023 6:02 pm


काठमाडौँ । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नहुनुमा समितिले क्षेत्राधिकारभित्र बसेर निर्देशन नगर्नु रहेको पाइएको छ ।

मंगलबार दिगो विकास तथा सुशासन समितिको बैठकमा समितिको निर्देशन कार्यान्वयनको बारेमा नीति अनुसन्धान प्रतिष्ठानको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

समितिको बैठकमा बोल्दै संविधानविद् खिमलाल देवकोटाले संसदीय समितिले दिने गरेका निर्देशन कार्यान्वयन नहुनुको कारणहरुमा समितिले क्षेत्राधिकारभित्र बसेर निर्देशन नगर्ने गरेको पाइएको बताए । उनले चर्चाको विषयलाई कुनैपनि समितिले छलफल गरेर निर्देशन दिइहाल्ने परिपाटी रहेको बताए ।

उनले निर्णयको गाम्भीर्यता र गुणस्तर हुन नसक्नु पनि निर्देशन कार्यान्वयन नहुनुको अर्को कारण भएको बताए । उनले निर्णय गर्ने तर कार्यान्वयन भए नभएको अनुगमन नगर्ने साथै निर्देशन कार्यान्वयन गर्नेहरुको तत्परताले पनि निर्देशनहरु कार्यान्वयन हुन नसकेको बताए ।

संविधानविद् देवकोटाले कतिपय देशमा संसदीय समितिलाई संसदभन्दा महत्वका साथ हेरिने गरेपनि नेपालमा भने बोलाएका मन्त्री, सचिव, सम्बन्धित निकाय नआए बैठक नै स्थगन गर्ने तर कारबाहीको प्रक्रिया नबढाउने हुँदा संसदीय समिति प्रभावकारी बन्न नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !