१२ आश्विन २०८१, शनिबार

दाइजो कम भएको भन्दै बिवाह रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ दाइजो

प्रकाशित मिति :  28 June, 2023 6:59 am


काठमाडौँ । काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनबाट एक बेहुलालाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको छ । आफूले मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड भएका व्यक्ति हुन ।

विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो मागेको र बेहुलीलाई समेत गाली तथा हातपात गरेको प्रहरीले जनाएको छ। उक्त बिवाहमा केटा पक्षले पटक -पटक गरी २२ लाख रकम लिएको बुझिएको छ । उनलाई प्रकाउ गरी बिवाह सम्बन्धी कसूर मुद्दा चलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !