१२ आश्विन २०८१, शनिबार

जसपा संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  28 June, 2023 9:32 am


काठमाडौँ । आज सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्दैछ ।

बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०\०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ ।

बैठक आज बिहान साढे १० बजे संसद भवनमा बस्नेछ । जसपाले बजेटमा समावेशी नभएको भन्दै संशोधन बिना पास गर्न नदिने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !