१२ आश्विन २०८१, शनिबार

पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने

प्रकाशित मिति :  28 June, 2023 9:48 am


काठमाडौँ । आइतबार पशुपतिको शिवलिङ्गबाट निकालिएको जलहरी आज अपराह्न ४ बजेपछि पछि पुनर्स्थापित गरिने भएको छ । अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो ।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

जलहरी पुनर्स्थापना गर्दा भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जानकारी दिएको छ । गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसर खाली गरी भक्तजनलाई दर्शनमा रोक लगाइएको थियो ।

जलहरीमा सुनको मात्र ठिक भए नभएको विवरण अख्तियारले केही दिनपछि सार्वजनिक गर्ने भएको छ।



प्रतिक्रिया दिनुहोस !