१२ आश्विन २०८१, शनिबार

१ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्दै तेह्रथुम पावर

प्रकाशित मिति :  28 June, 2023 11:29 am


काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार असार १२ गते बसेको बैठकले सतप्रशित हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

हकप्रद जारी गर्न कम्पनीको साधारणसभाबाट पारित भएपश्चात नियमनकारी निकायहरुको स्वीकृति लिई प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !