१२ आश्विन २०८१, शनिबार

अपर स्याङ्गे हाईड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  28 June, 2023 11:40 am


काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताहरुले आज बैंकिङ समय भित्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले असार १० गतेदेखि सर्वसाधारणलाई सेयर निष्काशन गरेको थियो ।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा।पा। वडा नं। ४, स्याङ्गे नदीमा २।४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८र११र१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ ।



प्रतिक्रिया दिनुहोस !