१२ आश्विन २०८१, शनिबार

नेकपा समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

प्रकाशित मिति :  28 June, 2023 12:17 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले बताए।

बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिँदै आएका थिए ।

प्रधानमन्त्री प्रचण्ड माग सम्बोधन गर्ने तयार भएपछि नेकपा एसले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

यसअघि कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !