१२ आश्विन २०८१, शनिबार
बजेट

जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने

प्रकाशित मिति :  28 June, 2023 12:25 pm


काठमाडौँ । जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

जनमत पार्टीले गरीब मारा, मधेश विरोधी, जनतामारा, असमान बजेट भन्दै समर्थन नगर्ने निर्णय गरेको पार्टीका अध्यक्ष सिके राउतले जानकारी जानकारी दिए ।

जनमत पार्टीको संसदीय दलको बैठकको निर्णयले भनेको छ,“अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको बजेट कुनै पनि हालतमा स्वीकार्य छैन।”

मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन नसकिने अध्यक्ष राउतको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस !