१२ आश्विन २०८१, शनिबार

नेप्सेमा ३५ अंकको गिरावट, हिमालय इस्योरेन्सको सर्वाधिक कारोबार

प्रकाशित मिति :  28 June, 2023 3:40 pm


काठमाडौं । हिजो उछाल आएको सेयरबजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन सेयर बजार ३५ अंकले घटेको छ ।

हिजो नेप्से ५६ अंकले बढ्दा २५ वटा कम्पनीको सेयरमूल्यमा सर्किट लागेको थियो ।

केहि दिनदेखि बढेको सेयरबजारमा लगानीकर्ताहरुले नाफा बुक गर्दा बजारमा करेक्सन आएको सेयरबजारका विज्ञहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ९.७६ अंकले घटेर ४०२.७५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका जीवन बिमा उपसमुह बाहेक अन्य सबै उपसमुहहरु राताम्ये बनेका छन् ।

बुधबार कारोबार रकमका आधारमा हिमाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८३ करोड ७९ लाख ३६ हजार ७ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन हिमालय इन्स्योरेन्स र बिपिलब्ल्यू लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन इनग्वा हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ६.६४ प्रतिशतले घटेको छ ।

कुल २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९ सय ९६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४ सय ८१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !