१२ आश्विन २०८१, शनिबार

सुनछहरी गाउँपालिकाले प्रत्येक वडाका २ जनालाई पशु प्राविधिक पढ्न छात्रवृत्ति दिने

प्रकाशित मिति :  28 June, 2023 3:43 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले प्रत्येक वडामा २ जनालाई पशु प्राविधिक शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत प्रत्येक वडाका २/२ जना र दलित समुदायबाट २ जना गरी १६ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

छात्रवृत्ति प्रदानका लागि ६ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै कक्षा १ देखि ८ सम्मका छात्राहरू र दलित छात्रछात्रहरूलाई दिदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको छ ।



प्रतिक्रिया दिनुहोस !