१२ आश्विन २०८१, शनिबार

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

प्रकाशित मिति :  28 June, 2023 5:29 pm


फाइल फाेटाे।

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत जेठ १५ गते सार्वजनिक भएको विनियोजन विधेयक २०८० मत विभाजनमार्फत बहुमतले पारित भएको छ।

बजेट पारित गर्नका लागि संसदमा पहिलो पटक मतदान भएको हो। मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो।

प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा बजेट पारित हुँदै आएकोमा यसपटक पहिलोपटक मतदान गरिएको हो ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए ।



प्रतिक्रिया दिनुहोस !