१२ आश्विन २०८१, शनिबार

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा साँरिदै

प्रकाशित मिति :  29 June, 2023 8:41 am


काठमाडौँ । आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी घर घरमा तुलसीको बिरुवा सारी मनाइँदै छ ।

आजदेखि चर्तुमास व्रत आराम्भ भएको छ । ज्येष्ठ शुक्ल एकादशीका दिन घरका मठमा राखेको बीज अंकुर भइ आजको दिन सारिन्छ । हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलशीको विषेश पूजा गरिन्छ ।

यस अवधिलाई हिन्दुशास्त्र अनुसार चर्तुमास व्रत पनि भनिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ।

हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशीसम्म भगवान् विष्णु शयन गर्ने धार्मिक विश्वास रहेको छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ।

आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्दछ ।



प्रतिक्रिया दिनुहोस !