१२ आश्विन २०८१, शनिबार

बुढानीलकण्ठमा भक्तजनको भीड

प्रकाशित मिति :  29 June, 2023 10:35 am


काठमाडौँ । आज हरिशयनी एकादशी । काठमाडौं उपत्यकासहित देशभरका भगवान विष्णुका मन्दिर र घरघरमा तुलसी रोपेर मनाइँदैछ । काठमाडौंको बुढानीलकण्ठमा पनि आज भीड लागेको छ ।

हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरका तुलसी मठमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतिकका मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भन्ने गरिन्छ । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास पनि भनिन्छ ।



प्रतिक्रिया दिनुहोस !