१२ आश्विन २०८१, शनिबार

विपक्षी दलसँग विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की

प्रकाशित मिति :  29 June, 2023 1:49 pm


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलसँग विश्वासको मत मागेका छन् । कार्कीले नेकपा एमाले संसदीय दलको तर्फबाट लिखित पत्र पठाउँदै विपक्षी दलहरू कांग्रेस, नेकपा एस र जसपा संसदीय दलका नेतासँग विश्वासको मत मागेका छन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

मुख्यमन्त्री कार्कीले ५ वर्षसम्म कसरी र कुन विधिबाट सरकार चलाउने भन्ने विषयमा थप छलफल गर्न आफू तयार रहेको प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !