४ आश्विन २०८१, शुक्रबार

दाङको राप्ती गाँउपालिकामा दोस्रो चरणको राहत वितरण सुरु

प्रकाशित मिति :  20 April, 2020 11:48 am


फोटो : गाँउपालिकाको फेसबुकबाट

दाङ,८ वैशाख ।

दाङको  दाङको राप्ती गाउँपालिकाका वडाहरुले दोस्रो चरणको राहत वितरण सुरु गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई दोस्रो चरणको राहत सुरु भएको गाँउपालिकाले जनाएको छ ।

सोमवार बाट राप्ती गाउँपालिकाका सबै वडाहरुमा विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण सुरु गरिएको हो ।

आज वडा नं २ बाट सुरु गरिएको राहत सामाग्रीमा परिवार संख्याको आधारमा १० देखी २५ किलो चामल, १ देखी २ किलो दाल, १ देखी २ लिटर खाने तेल, १ पोका नुन र १ देखी २ वटा हात धुने सावन वितरण सुरु गरिएको छ ।

वडा नं-२ मा ५ सय भन्दा बढी गरिब विपन्न र दैनिक मजदुरी गरि जीवनयापन गर्ने परिवार तथा असाय असक्त्त परिवारलाई राहत सामाग्री वितरण गरिने वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !