१२ आश्विन २०८१, शनिबार

काठमाडाैँमा वर्षा शुरू, लुम्बिनीसमेत चार प्रदेशमा भारी वर्षाकाे सम्भावना 

प्रकाशित मिति :  30 June, 2023 7:41 am


फाइल फाेटाे

काठमाडाैँ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान विभागले जनाएकाे छ । काठमाडाैँ उपत्यकाका विभिन्न स्थानमा यतिबेला पानी परिरहेकाे छ ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकाले विभागले सचेत बनाएकाे छ । 

शुक्रवार राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा दिउसाे तथा रातमा पनि हावा हुरीको समेत सम्भावना विभागले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !