१२ आश्विन २०८१, शनिबार

पश्चिम नवलपरासीका भूमिहीनले जग्गा पाउन थाले, बर्दघाटबाट लालपुर्जा वितरण सुरु

प्रकाशित मिति :  30 June, 2023 8:50 am


बर्दघाट। पश्चिम नवलपरासीका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउन थालेका छन्।  बर्दघाट नगरपालिका वडा नं. १३ बाट लालपुर्जा वितरण शुरू गरिएकाे हाे। 

पहिलो चरणमा बिहीबार भूमिहीन १० दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी र कांग्रेस नेता देवेन्द्रराज कँडेलले भूमिहीनलाई पुर्जा वितरण कार्यकाे सुरूवात गरेका हुन्।

भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले क्रमशः जिल्लाका अन्य पालिकामा पनि वितरण गरिने बताए । पुराना र नयाँ परेका निवेदनमध्ये १ हजार ९ सय ९६ वटा कित्ताको नाप नक्सा तयार भएकाे जानकारी गराउँदै उलले विस्तारै सबै भूमिहीनलाई पुर्ज उपलब्ध गराइने बताए।

सांसद विनाेद चाैधरीले लालपुर्जा वितरण कार्यले निरन्तरता पाउने बताए । फेसबुकमा खुशी व्यक्त गर्दै भनेका छन्, “यो सुरुवात हो । जिल्लाका सबै भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन हामी निरन्तर कृयाशील रहनेछौ । आज आयोजित कार्यक्रममा उपस्थित भइदिनुभएकोमा भूमि व्यवस्था मन्त्री माननीय रञ्जिता श्रेष्ठज्यूप्रति आभारी छु ।”



प्रतिक्रिया दिनुहोस !