१२ आश्विन २०८१, शनिबार

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पेश गरिने

प्रकाशित मिति :  30 June, 2023 10:20 am


काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो साढे २ बजे बस्ने छ । आजको बैठकमा सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी विधायन व्यवस्था समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षामन्त्री अशोक राईले पेश गर्ने छन् ।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथि दफाबार छलफल हुने र सो विधेयक पारित गर्ने पनि कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !