१२ आश्विन २०८१, शनिबार

नाशा सेक्यूरिटीजको पोखरा शाखा आजदेखि सञ्चालनमा

प्रकाशित मिति :  30 June, 2023 11:14 am


काठमाडौं । धितोपत्र दलाल कम्पनी नासा सेक्युरिटीजले पोखरामा आफ्नो शाखा विस्तार गरेको छ । ब्रोकर नम्बर ५८ अर्थात नासाले पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा आजदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले पोखरा शाखाको उद्द्घाटन गरेका हुन् । यस सँगै नासाले प्रमुख कार्यालयसहित अन्य तीन शाखा कार्यालयबाट आफ्ना सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं स्थित नक्सालमा केन्द्रिय कार्यालय रहेको ब्रोकर कम्पनीले वीरगन्ज र जनकपूरमा समेत शाखा विस्तार गरेर सेवा दिँदै आएको छ ।

कम्पनीले धितोपत्र खरिदबिक्री, डिपी सेवा तथा मार्जिन ट्रेडिङ्गको सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !