१२ आश्विन २०८१, शनिबार

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

प्रकाशित मिति :  30 June, 2023 11:12 am


काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोलाको एक लाख ९ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार तोलाको १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलाको १० रुपैयाँले घटेर तोलाको १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !