१२ आश्विन २०८१, शनिबार

पहिरोले बेनी मालढुंगा सडक अबरुद्ध

प्रकाशित मिति :  30 June, 2023 12:14 pm


काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा(बेनी सडकमा पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको छ ।

पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा हिजो देखिको अविरल वर्षाले पहिरो खसेपछि मालढुंगा(बेनी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि बेनीका लागि छुटेका सवारीसाधनहरु लस्तीमा रोकिएका छन् भने पोखरातर्फ आउँदै गरेका सवारीसाधनहरु मिलनचोकमा रोकिएका छन् ।

निरन्तर वर्षा हुँदा सडक खुलाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !