१२ आश्विन २०८१, शनिबार

चितवन पुगेर धान रोपे एमाले अध्यक्ष केपी शर्मा ओलीले

प्रकाशित मिति :  30 June, 2023 12:34 pm


चितवन । असार १५ अर्थात् धान दिवस मनाउन चितवन पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेसिनबाट धान रोपेका छन् ।

अध्यक्ष ओलीले केरूङ्गा सामुदयिक तरकारी फर्म नयाँ वस्तीमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको मेसिनबाट धान रोपेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया पनि गरेका छन् ।

राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसहित बिहीबार चितवन पुगेका ओलीले भारतको पाँच महिने नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि नै भएको बताए ।

‘उनले भने हामीविरुद्ध पाँच महिना नाकाबन्दी लाग्यो। पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो कृषिप्रधान देश हो ।

धान रोपाई कार्यक्रममा ओलीसहित चितवनको नेता कार्यकर्ताहरु सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !