१२ आश्विन २०८१, शनिबार

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको ढल्यो

प्रकाशित मिति :  30 June, 2023 2:04 pm


काठमाडौँ । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि ढलेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेन ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका थिए ।

प्रदेश सभाका ९३ सांसद्मध्ये मत विभाजनका क्रममा ८९ जना उपस्थित रहेका थिए । कार्कीलाई एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले मात्रै विश्वासको मत दिए ।

विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद थिए । कार्कीको विपक्षमा ४३ मत मात्रै परेको छ ।

जनता समाजवादीकी एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा उपस्थित भइनन् । बहुमतका लागि कार्कीलाई ४७ मत चाहिनेमा ४६ मात्रै प्राप्त भयो भने विपक्षमा ४३ मत खसेको छ।

कार्की २०७९ पुस २४ गते मुख्यमन्त्री बनेका थिए । एमाले स्थायी कमिटी सदस्य कार्की गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा ५ ‘क’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस !