१२ आश्विन २०८१, शनिबार

प्रिमियममाआइपीओ निष्काशन गर्न रिलायबल लाइफले पायो बोर्डबाट अनुमति

प्रकाशित मिति :  30 June, 2023 3:25 pm


काठमाडौं । रिलायबल नेपाल लाइफ इस्योरेन्स कम्पनीलाई प्रिमियममा प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई करिब ३ अर्ब रुपैयाँको आइपीओ निष्काशन गर्न आज असार १५ गते अनुमति दिएको हो ।

कम्पनीले सुरुमा अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन लेखापरीक्षण गराएपछि अंकित मूल्य १०० मा १९९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९९ रुपैयाँमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

तर अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँको २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँको १ करोड २० लाख कित्ता सेयर निष्काशन अनुमति दिएको छ ।

योसँगै कम्पनीले कुल १ करोड २० लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ६ लाख कित्ता कर्मचारी, ५ प्रतिशत अर्गात ६ लाख म्युचुअल फण्डका लागि र सर्वसाधारणमा जारी हुने १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि र बाँकी ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि जारी गर्नेछ भने त्यसपछि मात्रै सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

कम्पनीले प्रिमियमबाट मात्रै १ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ । १ करोड २० लाख कित्ताबाट संकलन हुने १ अर्ब २० करोड संकलन भएसँगै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी चुक्ता पुँजी ४ अर्ब पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ ।

कम्पनी उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !