३ आश्विन २०८१, बिहिबार

अर्घाखाँचीमा तरकारी, फलफूल, मासु र अण्डाको आयातमा प्रतिबन्ध

प्रकाशित मिति :  20 April, 2020 2:07 pm


अर्घाखाँची ,८ वैशाख । 

अर्घाखाँचीमा तरकारी, फलफूल, मासु र अण्डाको आयातमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन बाहिरी जिल्लाबाट आयात हुने दूधजन्य पदार्थ खरीदबिक्रीमा प्रशासनले रोक लगाएको हो ।

व्यापारीले भारतबाट दूध, तरकारी, फलफूल, मासु र अण्डा जिल्ला भित्र्याउँदा कोरोना भित्रिने जोखिम भएकाले खरीदबिक्रीमा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।

सांसद, विभिन्न राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफलमा भारत र नेपालका सीमा नाकामा रहेका जिल्लाबासीको स्वास्थ्योपचार र गाँसबासको उचित प्रबन्ध गर्न तथा छिमेकी देशमा रहेका जिल्लाका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी ल्याउने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।



प्रतिक्रिया दिनुहोस !