१२ आश्विन २०८१, शनिबार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

प्रकाशित मिति :  30 June, 2023 5:31 pm


काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार बानेश्वरबाट पक्राउ परेका छन् । बाँके जिल्लामा रहेको ठगी मुद्दाको आधारमा रौनियारलाई नेपाल प्रहरीको बानेश्वर वृत्तबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।

बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो । वृत्तका अनुसार पक्राउ परेका रौनियारलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाइनेछ ।

रौनियार पर्सा क्षेत्र नं। ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !