१२ आश्विन २०८१, शनिबार

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

प्रकाशित मिति :  30 June, 2023 5:32 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आज आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरूको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताएका हुन् ।

उनले सांसदहरूलाई सरकारलाई संसदप्रति जवाफदेही बनाउने काममा भूमिका खेल्न आग्रह पनि गरे ।

सभामुख घिमिरेले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरू राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरूलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताए ।

सरकारले, कानूनहरूको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।

उनले भने,“अहिलेको जनगणना अनुसार त ५० प्रतिशतभन्दा बढी महिलाहरुको जनसंख्या भएको जनसंख्यालाई भएको क्षेत्रलाई नै पछाडी परेको स्थितिबाट राजनीतिमा जिम्मेवारीमा ल्याउने कुराहरूमा संसदले खेल्ने भुमिकाहरू के हुन् ? बनेका कानूनहरूलाई कार्यान्वयमा खासगरी सरकारमार्फत कार्यान्वयनमा भइरहेका अप्ठ्यारा के हुन् ?”

सभामुख घिमिरेले सांसदहरूको निति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !