१२ आश्विन २०८१, शनिबार

अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

प्रकाशित मिति :  1 July, 2023 10:16 am


काठमाडौँ । अविरल वर्षाका कारण गोरुसिंगे-सन्धिखर्क सडक अवरुद्ध भएको छ।

सन्धिखर्क ६ नरपानीको बहखोरामा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ नरपानीकै दहखोला र शितगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख डिएसपी रिजालले जानकारी दिए।

सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरु बिकमै रोकिएका छन्।



प्रतिक्रिया दिनुहोस !