१२ आश्विन २०८१, शनिबार

गण्डकी प्रदेश खेलकुद परिषद्काे पाँचाै वैठक सम्पन्न

प्रकाशित मिति :  1 July, 2023 3:45 pm


पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको पाँचौ पूर्ण बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री एवं प्रदेश खेलकुद परिषदका अध्यक्ष शुसिला सिंखडाको अध्यक्षतमा उक्त बैठक सम्पन्न भएको हो।

यहि असार १ गते बाट राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट जिल्लामा खटिएका कर्मचारीहरु लाई व्यवस्थापन गर्ने निर्णय गरेको छ। राखेपबाट विभिन्न १० जिल्लामा २० जना कर्मचारीहरु कार्यरत रहेको र सोही अनुसार अन्तर जिल्ला र परिषदले आफ्नै मातहातमा उनीहरुको व्यवस्थापन गर्ने गरी निर्णय गरेको हो।

बैठकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीको क्रममा बन्द प्रशिक्षणमा बाँकी रहेको रकमहरु भुक्तान गर्नेे निर्णय गर्नुका साथै नव नियुक्त मन्त्री सिंखडालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिएको छ।

मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले परिषदको सदस्य सचिवको रुपमा सफल भूमिका निर्वाह गरेकोमा बैठकले हार्दिक आभार समेत व्यक्त गरेको छ।

बैठकमा आफ्नो सम्वोधनको क्रममा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै मर्यादित, अनुशासित, उत्कृष्ट संगै समृद्ध बनाएर अघि बढाउन परिषदले आफ्नो योजनाहरु अघि बढाउनु पर्ने कुरामा जोड दिइन् । खेलकुद ऐनमा भएका समस्याहरुका विषयमा आफूले अध्ययन गर्ने बताउँदै खेलकुद क्षेत्रलाई हिजोको भन्दा अझै गतिशिल बनाउन मन्त्रालय प्रतिवद्ध भएको जनाइन्।

मन्त्री सिंखडाले खेलकुदमा रहेको अनुशासनलाई व्यवहारमा लागु गर्न सके खेल क्षेत्रले अझै धेरै समृद्ध हासिल गर्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले आफ्नो संस्कारमा परिवर्तन गर्न समेत जोड दिइन् ।

बैठकमा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, तारामायाँ थापा मगरलगयात परिषदका सदस्यहरुको सहभागिता रहेको थियो ।

यस अघि पहिलो पटक पोखरा रंगशालास्थित परिषदको कार्यालय आएकी मन्त्री सिंखडालाई परिषदका उपाध्यक्ष गुरुङ, सदस्य सचिव शर्मा, कार्यकारी सदस्यहरु, परिषदका सदस्यहरु, कार्यालय प्रमुख तोपालाल भुसाल, लेखा प्रमुख निलकण्ठ भुसाललगातले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !