१२ आश्विन २०८१, शनिबार

एउटै व्यक्ति ५-६ पटक पटक प्रधानमन्त्री बन्दा पुराना पार्टी संकटमा परे : महामन्त्री थापा

प्रकाशित मिति :  1 July, 2023 4:50 pm


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् ।

एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भन्दै काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको महामन्त्री थापाको दाबी छ ।

आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको महामन्त्री थापाको भनाई थियो ।

नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे ।

उनले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको समेत उल्लेख गरे ।

दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो ।

महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, “संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो ।”

महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुटनुपर्ने बताए ।

उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !