१२ आश्विन २०८१, शनिबार

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

प्रकाशित मिति :  2 July, 2023 8:38 am


काठमाडौँ । श्री एयरलाइन्सले आज हुने सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्री एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार आइतबार सबै जहाज प्राविधिक जाँच हुने र सोमबारदेखि नियमित उडान हुने जानकारी दिए ।

शनिवार काठमाडौंबाट ३ः३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि ५ बजे पुनः काठमाडौँ फर्किएको थियो।

सो घटनापछि एयरलाइन्सले आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !