१२ आश्विन २०८१, शनिबार

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

प्रकाशित मिति :  2 July, 2023 10:19 am


काठमाडौँ । कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ ।

बिहीबार स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबारका लागि बोलाइएको हो ।

बिहिबार प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेका थिए। जसका कारण बैठक सुचारु हुन सकेका थिएन ।

एमालेको अवरोध हटाउन पटक -पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !