१२ आश्विन २०८१, शनिबार

नासु प्रेमिका तामाङलाई कुटिएको विरोधमा देशभरका अदालतमा कर्मचारीको हड्ताल

प्रकाशित मिति :  2 July, 2023 11:34 am


काठमाडौँ । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलाई कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् ।

चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आज विहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म हड्तालका गरिएको छ । हड्तालका कारण अदालतका कामकारवाही प्रभावित भएका छन् ।

प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरि कारवाही अघि बढाइसकेको छ । कर्मचारी संगठनले गरेको हड्तालका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने समस्यामा परेका छन्।



प्रतिक्रिया दिनुहोस !