१२ आश्विन २०८१, शनिबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भयो आजको कारोबार ?

प्रकाशित मिति :  2 July, 2023 11:44 am


काठमाडौँ । आज आइबार सुनचाँदी बजारमा छापावाला सुनको मुल्य बढेकने । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज आइतबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलाको एक लाख ९ हजार ५५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार गत शुक्रबार तोलाको १३६० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज आइतबार तोलामा १० रुपैयाँ बढेर तोलाको १३७० रुपैयाँ कारोबार भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !