१२ आश्विन २०८१, शनिबार

सरकारले गरिब जनतालाई बिनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छः अमरेशकुमार सिंह

प्रकाशित मिति :  2 July, 2023 2:07 pm


काठमाडाैं । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई बिनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। 

आईतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘मुलुकी संहीतासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा यस्ताे बताएका हुन् ।

सांसद सिंहले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाए ।

उनले ठूला व्यापारीहरुसँग ठूला नेताहरुको मिलेमतो हुने गरेकाले बैंकहरुले पनि ठूला व्यापारीलाई नै अर्वौको ऋण दिने गरेको आरोप लगाए।

उनले भने, ‘सबै बैंकहरु ठूला व्यापारीका लागि छन । ठूलो नेताहरुको घरघरमा त ठूला व्यापारी आउँछन । विचरा, गरिव, दलित, किसान त आउँदैनन् । कुने चेपाङ त आउँदैन । त्यो कारणले आज जगदम्बा ग्रुपले गति ऋण लिएको छ ? चौंधरी गु्रपले कति ऋण लिएको छ ? ज्योति ग्रुपले कति ऋण लिएको छ ? ठूलाठूलाले अर्वौमा ऋण लिने, त्यो गाउँका गरिवलाई एक लाख ऋण दिन्छ ? विना धितो ऋण दिन्छ ?

सरकारले गरिब जनताले चाहेको बेलामा बैंकहरुको ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नु पर्ने बताए ।

सांसद सिंहले गरिबसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरुलाई राज्यले नै जमानी बसेर बैंकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्नेमा पनि बताए



प्रतिक्रिया दिनुहोस !