१२ आश्विन २०८१, शनिबार

ललिता निवासको जग्गा तारबार गर्दै काठमाडौं महानगरपालिका

प्रकाशित मिति :  2 July, 2023 2:54 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा तारबारा गर्न बालुवाटार पुगेको छ ।

बालुवाटारमा रहेको ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार पुगेको हो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि घेराबार गर्न लागिएको हो ।

 ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !