१२ आश्विन २०८१, शनिबार

आज गुरु पूर्णिमा मनाइँदै

प्रकाशित मिति :  3 July, 2023 7:26 am


काठमाडौँ । आज गुरु पूर्णिमा । हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा मनाउने गरिन्छ ।

आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्दा भाव प्रकट गरी मनाउने गरिन्छ ।

सनातन धर्मालब्वीहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक साँस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रुपमा मनाउने गर्छन् ।

आज ब्यास जयन्ती पनि हो । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।



प्रतिक्रिया दिनुहोस !