१२ आश्विन २०८१, शनिबार

रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालनमा

प्रकाशित मिति :  3 July, 2023 7:48 am


काठमाडौँ । अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालनमा आएको छ । रातिको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाएपछि संचालनमा आएको हो ।

आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्डमा आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो ।

सडक डिभिजन कार्यलय भरतपुरका अनुसार १ घण्टा लगाएर पहिरो हटाएपछि सडक पुन संचालनमा आएको हो ।



प्रतिक्रिया दिनुहोस !